जितियामा रमाए तराइबासीहरु

जितियामा रमाए तराइबासीहरु

मोरङ, नेपालीहरुको महान चाड हरितालिका तिज सकिए लगतै जितिया पर्व भव्यताका साथ मनाइ रहेका छन् । विशेष गरेर तराइबासीहरुले मनाउने यो चाडमा थारु (चौधरी), चन्द्रवंशी, मण्डलहरुले बढी मात्रामा मनाउने चलन छ । मोरङको पथरीशनिश्चरे ६ भातेगौँडामा पनि जितिया कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

विभिन्न सांस्कृतिक झाँकी, नृत्य, गायन, क्यारिकेचर लगाएतले भरिपूर्ण कार्यक्रममा सयौँ दर्शकहरुको सहभागिता रहेको थियो । कार्यक्रमका पूर्वका उदयमान गायक मिलन खत्रीले विभिन्न गीतसंगितमा दर्शकलाई नचाएका थिए । खत्रीले भोजपुर प्रिमियर आइडल आफ्नो हात पारेपछि करेन्ट चाउचाउ मार्फत पूर्वका सयवढी स्टेजहरुमा आफ्नो प्रस्तुती दिइसकेका छन् । स्थानीय कलाकारहरुले नृत्य तथा झाकी प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि उपमेयर यमुना विष्ट बास्तोलाले जितियाले सबैको मनोकामना पुरा होस भन्ने शुभकामना व्यक्त गर्नुभयो । नगरले आगामी दिनमा यस्ताखाले कार्यक्रमलाई सकेसम्म प्रोत्साहन गर्ने, संस्कृतिको जगेर्ना गर्नका लागि सबैले हातेमालो गर्नुपर्ने विष्टले बताउनुभयो ।

शुभकामना मन्तव्यकै क्रममा विशिष्ट अतिथि वडा नं. ६ का अध्यक्ष जय बहादुर तामाङ, स्थानीय लालबहादुर भण्डारी, कमल कटुवाल, जोगेन मण्डल लगाएतले शुभकामना मन्तव्य राखेका थिए । राम जानकी युवा समुहको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता निरन्जन चन्द्रवंशीले गर्नुभएको थियो ।


सम्बन्धित खवर