आश्विन ५, २०७६
सरकारको एक सय गन्तव्य सूचीमा पर्न सफल छथर जोरपाटी गाउँपालिका–६ सिँधुवाबजार नजिकै रहेको हलहले (पटेक) डाँडामा धमाधम पूर्वाधार निर्माण हुन थालेका छन् ।
सङ्घ र प्रदेश स्तरको पर्यटन मन्त्रालयको करीब ८४ लाख र स्थानीयको लागत सहभागितासहित करीब ९० लाख रुपैयाँको लगानीमा हलहलेदेखि पटेकडाँडा करीब ३ सय मिटरको रेलिङसहितको पक्की सिँढी निर्माण गरिएको छथर जोरपाटी गाउँपालिकाका इञ्जिनियर दिवस पौडेलले बताए ।
पटेक डाँडा धनकुटाको सबैभन्दा बढी उचाइ भएको स्थान हो । पटेक डाँडाको उचाइ करीब २ हजार ६ सय ५० मिटर छ । यो डाँडाबाट बाह्रैमास मकालु हिमशृङ्खला र कुम्भकर्ण हिमाल स्पष्ट रूपमा देख्न सकिन्छ ।
त्यस्तै, सूर्योदय र सूर्यास्तको दृश्यको लागि उपयुक्त ठाउँ रहेको स्थानीय दिवस खड्काले बताए । उनका अनुसार हाइकिङको लागिप नि पटेक डाँडा उपयुक्त रहेको छ । सिँधुवाका युवा हाइकिङमा समेत जाने गरेका छन् ।
प्रदेशपोर्टल
