इलाम कारागारमा एकैपटक ७६ कैदी बिरामी

इलाम कारागारमा एकैपटक ७६ कैदी बिरामी

आइतबार ०५, असोज २०७६
इलाम कारागारका ७६ कैदीबन्दी एकैपटक बिरामी भएका छन् । करिब चार दिनयता कैदीबन्दीमा ज्वरो आउने, टाउको दुख्ने, रुघाखोकी लाग्ने र बान्ता हुने लक्षण देखिएको हो ।
ठूलो समूहमा उनीहरू बिरामी परेपछि अस्पताल लैजान समस्या भएको कारागार शाखा प्रमुख प्रदीप श्रेष्ठले बताए ।
कारागारमा ७२ पुरुष र ४ महिला बिरामी परेका छन् । केही बिरामी निको हुने क्रम जारी रहेको कारागारले जनाएको छ । १ सय पुरुष र २५ महिलाको क्षमता रहेको कारागारमा अहिले २ सय ३८ पुरुष र २३ महिला कैदीबन्दी रहेको कारागारले जनाएको छ ।
कारागारलाई कैदीबन्दीको उपचारका लागि बर्षे्नि आउने खर्चले सामान्यतः पुगिरहेको छ । तर, सवारी साधन नहुँदा उनीहरूको स्वास्थ्य जाँच गर्न र बिरामी भएका बेला अस्पताल लैजान भने समस्या परिरहेको श्रेष्ठले बताए ।
कैदी–बन्दीमात्र नभई जिल्लामा अहिले ज्वरो आउने, टाउको दुख्ने, रुघाखोकी लाग्ने र बान्ता हुने लक्षण भएका बिरामीको संख्या अत्यधिक छ ।

सम्बन्धित खवर