किरा मार्ने विषादीलाई मोही ठानेर पिएपछि खेटाङकी एक किशोरी गम्भीर

किरा मार्ने विषादीलाई मोही ठानेर पिएपछि खेटाङकी एक किशोरी गम्भीर

आइतबार ०५, असोज २०७६
खेटाङमा मोही ठानेर किरा मार्ने विषादी पिएपछि एक किशोरी गम्भीर बिरामी भएकी छन् । हलेसी तुवाचुङ नगरपालिका–१ बहुनीडाँडा ट्याम्टुककी १३ वर्षीय अम्बीका राई बिरामी भएकी हुन् ।
अमेरिकी फौजी किरा नियन्त्रणका लागि घोलेर राखिएको विषादी पिउँदा गम्भीर बिरामी परेकी अम्बीकालाई उपचारका लागि काठ्माण्डौं लगिएको स्थानीय शिक्षक दिलीप राईले जानकारी दिए । अम्बीकाले शुक्रबार विद्यालयबाट घर फर्किए लगत्तै बोत्तलमा राखेको विषादी सेवन गरेकी थिइन् ।
ओम अस्पताल काठ्माण्डौंमा आइसियूमा राखेर अम्बीकाको उपचार सुरु गरिएको बाबु क्षेत्रबहादुर राईले बताए । अम्बीका स्थानीय मालिकादेवी माबिमा कक्षा ७ मा अध्ययनरत छिन् ।

सम्बन्धित खवर