झापामा राजपाले संविधान दिवशको विरोध ग¥यो (भिडियो सहित)

झापामा राजपाले संविधान दिवशको विरोध ग¥यो (भिडियो सहित)

झापा, राष्ट्रिय जनता पार्टी नेपाल झापा समितिको आयोजनामा शुक्रबार दमक स्थित गणतन्त्र चोकमा संबिधान दिबस कालो दिनको स्मरण गर्दै मनाएको छ। सुरक्षाकर्मीहरुको घेरामा सम्पन्न बिरोध सभामा बोल्दै प्रमुख अतिथि एवं पार्टीका बरिष्ठ उपाध्यक्ष शेखर सिहले संबिधान साझा दस्तावेज हुदाँ हुदै नेपाली जनताको मर्म र भावना बिपरित हतारमा घोषणा गरिएकाले सर्बस्वीकार्य नभएको बताए । उनले भने बहुमतको सरकारले संबिधानमा हेक्का राख्नु पर्छ, केही बुंदाहरमा संशोधन गरेर निकास दिन सकिन्छ तर बर्तमान बहुमतको सरकारको हठको कारण देशमा जनीतिक अस्थीरता लम्बिएर गएकोमा चिन्ता ब्यक्त गरे।

अर्का प्रवक्ता प्रदेश नं. २ का सांसद नेत्रबिक्रम शाहले देशको संबिधान प्रति सबै नेपाली जनताले अपनत्व स्बीकार्य नभएसम्म संबिधान कार्यान्वयनमा समस्या रहेको बताए। पार्टी झापा जिल्ला संयोजक देवेन्द्रकिशोर ढुंगानाले सयौँ पहिचानवादी मधेशवादी जनताहरुको बलिदानीबाट प्राप्त संबिधानलाई बहुमतको अहंकारबाट बन्धक बनाएकै कारण देश दुर्घटनामा पर्ने खतरा बढेर गएको छ। जनबिरोधी, प्रतिगामी संबिधान नसच्चाए राष्ट्रिय संकट दोहरिने चेतावनी दिए ।

सो बिरोधसभामा

प्रतिगामी संबिधान खारेज गर
जनबिरोधी अपुरो संबिधान मान्दैनौ
पहिचानवादी बिरोधी संबिधान मुर्दावाद नारासहित बिरोधसभा सम्पन्न भएको छ ।


सम्बन्धित खवर