पथरीमा यसरीमनाइयो संविधान दिवश (भिडियो सहित)

पथरीमा यसरीमनाइयो संविधान दिवश (भिडियो सहित)

पथरी, संविधान दिवश तथा राष्ट्रिय दिवश भव्यताका साथ मनाइएको छ । देश तथा विदेशमा रहेका नेपाली दुतावासहरुमा विभिन्न कार्यक्रमको आयोजना गरेर दिवश मनाउने क्रम चलि नै रहेको छ । असोज २, ३ र ४ गते तीन दिन सम्म विभिन्न कार्यक्रमहरु गरेर मनाउनका लागि सरकारले गरेको निर्णय अनुसार मोरङको पथरीमा पनि आज प्रभात फेरी र झण्डोत्तोलन गरिएको छ ।

सम्पूर्ण वडा तथा नगरका जनप्रतिनिधि, कर्मचारी, आम नगरवासीको उपस्थीतिमा पञ्चेवाजा सहित पथरी बजारमा प्रभात फेरी गरिएको थियो । प्रभात फेरी पश्चात नगरमा नगरप्रमुख सहितका विशिष्ट व्यक्तिहरुले भण्डोत्तोलन गर्नुभएको थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख दिलिप कुमार राईले सबैको हक र अधिकार समेटिएको संविधान भएकाले सबैले हर्सोउल्लासका साथ मनाउन नगरवासीलाई आहवान समेत गर्नुभयो । संविधान दिवशका दिन सबैले राष्ट्रिय झण्डा घरघरमा राखेर आज साँझ सबैले आफ्नो घरघरमा, कार्यालयमा सबैतिर दिप प्रज्वलन गरेर खुसीयाली मनाउन पनि आग्रह गर्नुभयो ।

तीन दिवशीय कार्यक्रम अन्तर्गत २ गते सरसफाइ गरेर मनाइएको थियो । आज प्रभात फेरी सहित झण्डोत्तोलन भएको छ भने भोलीको कार्यक्रममा संविधान सभा सदस्यहरुलाई सम्मान गर्ने लगाएतका कार्यक्रम रहेको छ ।



सम्बन्धित खवर