अग्रगतिका लागि तगारो बनेपछि मात्रै संविधान संशोधन, प्रधानमन्त्री

अग्रगतिका लागि तगारो बनेपछि मात्रै संविधान संशोधन, प्रधानमन्त्री

२०७६ असोज ३ गते
प्रधानमन्त्री केपी शर्मा ओलीले अग्रगतिका लागि तगारो बनेपछि मात्रै संविधान संशोधन हुने बताएका छन् ।
संविधान दिवसका अवसरमा शुक्रबार संविधान दिवस मूल समारोह समितिले राजधानीमा आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘संविधानको कुन धारा, दफा वा भागमा के कति अधिकार रहृयो वा रहेन जस्ता विषय अल्झिने भन्दा जुन बेला जे मिल्दैन जुन अग्रगतिका लागि तगारो बन्छ त्यसलाई त्यही बेला बिधिसम्मत ढङ्गले मिलाउँदै सच्याउँदै अगाडि बढ्न सकिन्छ ।’
संविधान संशोधन गर्नुपर्ने माग राख्दै राष्ट्रिय जनता पार्टीले संविधान जारी भएको दिन आजलाई कालो दिन भनेर संविधान दिवस मनाएका छैनन् ।
सरकारमै रहेको समाजवादी पार्टीले पनि संविधान संशोधन नभएसम्म संविधान दिवस नमनाउने र कालो दिन पनि नभन्ने निर्णण गरेको छ । अन्य आदीवासी जनजातिसँग सम्बन्धित संघसंस्थाले पनि संविधान संशोधनको माग राख्दै आएका छन् ।

सम्बन्धित खवर