असोज ३, २०७६
नेपालले आज साफ यु–१८ च्याम्पियनसिपअन्तर्गत पहिलो खेल माल्दिभ्सविरुद्ध खेल्दै छ । दुई पटकको च्याम्पियन नेपाल तेस्रो पटक उपाधि रक्षाको लागि मैदानमा हुनेछ । २०१५ र २०१७ मा नेपालले क्रमश भारत र बंगलादेशलाई हराएर उपाधि जितेको थियो । त्यसैले योपटक पनि नेपाल माल्दीभ्स विरुद्धको खेलबाट यात्रा सुरु गर्दै छ ।
यसअघिका दुई संस्करणमध्ये नेपालले २०१७ को संस्करणमा माल्दिभ्सविरुद्ध प्रतिष्पर्धा गरेको थियो । जतिबेला नेपालले माल्दीभ्सलाई २–० ले पराजित गरेको थियो । घरेलु मैदानमा नेपाल आफ्नो साविक च्याम्पियनको छवि जोगाउने चुनौतीका साथमा मैदानमा हुनेछ ।
प्रतियोगितामा दुई समूहमा रहेर दक्षिण एसियाका ६ टिमले प्रतिष्पर्धा गर्दै छन्। नेपालले आफ्नो समूहमा माल्दिभ्स र भुटानको सामना गर्दा अर्को समूहमा भारत, बंगलादेश र श्रीलंका रहेका छन्।
