असोज ३, २०७६
संविधान दिवसका अवसरमा चीनको राजधानी बेइजिङमा बिहीबार स्वागत समारोहको आयोजना गरिएको छ। त्यस अवसरमा चिनियाँ विदेश मन्त्रालयका सचिव लाउ झाउचुई, उक्त मन्त्रालयका वरिष्ठ अधिकारी विद्वत् वर्ग, नेपालका मित्र र कामको सिलसिलामा चीनमा बसोवास गर्दै आएका नेपालीहरूको उपस्थिति रहेको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ।
अतिथिहरूको स्वागत गर्दै चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले सम्मेलन जारी भएसँगै नेपाल आर्थिक र सामाजिक विकासको मार्गमा अग्रसर भएको बताएका थिए। समारोहमा नेपाली संस्कृति र परम्परा झल्कने विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।
![संविधान दिवस नेपाल देखि चीन सम्म मनाइयो](https://i0.wp.com/pradeshdainik.com/wp-content/uploads/2019/09/National_Day_Photo_lZsn9vEIpn.jpg?fit=800%2C535&ssl=1)