शुक्रबार ०३, असोज २०७६
संखुवासभाको अक्करको भिरबाट खसेर अरुण नदीमा बेपत्ता भएकाहरुलाई तालिम प्राप्त गोताखोर टोलीले समेत पत्ता लगाउन सकेको छैन ।
सशस्त्र प्रहरी बलको विपद् उद्धार गणका ४ जना दक्ष प्राविधिक टोलीले बिहीबार दिनभर खोजी गरे पनि बेपत्ता भएको जीप र जीपमा रहेका भनिएका ६ जनाको पत्ता लाग्न नसकेको हो ।
अरुण नदीमा पानी सतह अझै नघटेको र धमिलो भएको हुँदा जीप नभेटिएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले बताए ।
