०३, असोज २०७६
धनकुटा र मोरङ जिल्ला सेक्रेटरीले नै विप्लव माओवादी त्यागेका छन् दीपक राई (विकल्प)ले पार्टी परित्याग गरेका हुन् ।
पार्टीले लिएको सिद्धान्त ठीक भए पनि व्यवहार गलत भएको भन्दै स्वतन्त्र नागरिकका रुपमा रहने गरी पार्टी छाडेको बताए ।
उनले विराटनगरमा पत्रकार सम्मेलन गरी विप्लव नेतृत्वको नेकपामा व्यवहारमा समस्या देखिएको बताए । उनले भने, ‘हिंसात्मक गतिविधि गर्ने, तर जिम्मा नलिने, सिद्धान्त एउटा लिने व्यवहार अर्को गर्ने विषयले मलाई असन्तुष्ट बनाएको हो ।’
२०६३ सालदेखि तत्कालीन माओवादीमा संलग्न भएका उनी पार्टी विभाजन भएसँगै मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी माओवादी र त्यहाँबाट पनि विभाजित भएपछि विप्लव नेतृत्वको नेकपामा लागेका थिए । उनलाई प्रहरीले संगठित अपराध, हातहतियार खरखजना अभियोगमा जिल्ला अदालत सुनसरी इनरुवामा मुद्दा दर्ता गराएको थियो । उनी पटक पटक पक्राउ परेका थिए ।
