गोरखापत्र अब विराटनगबाट पनि प्रकाशन हुने

गोरखापत्र अब विराटनगबाट पनि प्रकाशन हुने

मोरङ, देशकै सबैभन्दा पुरानो सरकारी पत्रिका गोरखापत्र अब बिराटनगरबाट पनि प्रकाशन हुने पक्का भएको छ । गोरखापत्र संस्थानले संविधान दिवशको अवसर पारेर असोज ३ गते शुक्रबार देखि प्रकाशनमा ल्याउने भएको हो ।

विहिबार सूचना प्रविधि तथा संचार मन्त्री गोकुल बास्कोटाले पत्रिका प्रकाशनको औपाचरिक उद्घाटन गर्नुभएको हो । सोही अवसरमा मन्त्री बास्कोटाले ७ कठ्ठा जग्गामा बनेको प्रेस घर, गोदाम घर, सम्पादकीय भवन, प्रशासनिक भवन, आवास र क्यान्टिनको पनि एकैपटक उद्घाटन गर्नुभएको छ । सुधारवादी शासकको रूपमा चिनिएका श्री ३ देवशम्शेरले विक्रम सम्वत् १९५८ साल वैशाख २४ गते ‘गोर्खापत्र’ साप्ताहिकको रूपमा नेपालमा पहिलो पटक प्रकाशित भएको थियो। गोरखापत्रलाई नेपाली पत्रकारिताको इतिहास र पत्रकारिताको जगको रूपमा लिइन्छ। सरकारको स्वामित्वमा रहेको गोरखापत्र संस्थानले हाल गोरखापत्र दैनिक, युवामञ्च, मुना, मधुपर्कलगायत प्रकाशित छन्। यही गोरखापत्र विराटनगरबाट प्रकाशित गर्ने भन्दै तत्कालीन प्रधानमन्त्री नगेन्द्रप्रसाद रिजालको पालामा विक्रम सम्वत् २०४३ सालमा निर्णय भएको थियो। सो निर्णय भएको झण्डै ३४ वर्षपछि गोरखापत्रले विराटनगरबाट प्रकाशन आरम्भ गरेको हो। विराटनगर १९ स्थित वैजनाथपुरमा ७ कठ्ठा जग्गामा गोरखापत्रले ७ करोडको लगानीमा विराटनगरमा रहेको कार्यालयका विभिन्न भवनहरू निर्माण गरेको छ। उक्त भवन निर्माणका लागि आर्थिक वर्ष २०७२/२०७३ मा सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय विराटनगरले ठेक्का लगाएको थियो। लामाखु खुस्बु जेबी कन्स्ट्रक्सनले भवन निर्माण गरी विसं. २०७५ असार ३० गते गोरखापत्र संस्थानलाई हस्तान्तरण गरेको थियो।
थाहा खबरबाट


सम्बन्धित खवर