सांसदहरुको प्रश्न स् भूमाफिया र पुँजीपतिलाई सरकार किन पोस्दैछ?

सांसदहरुको प्रश्न स् भूमाफिया र पुँजीपतिलाई सरकार किन पोस्दैछ?

असोज २, २०७६
सांसदहरुले भूमाफिया र पुँजीपतिलाई पोस्ने कानुन निर्माण सरकार लागेको आरोप लगाएका छन्। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका सांसदहरुले सरकार माफियाको चंगुलमा फसेर उनीहरुकै अनुकूल कानुन निर्माणमा लागेको बताएका हुन् ।
भूमिसम्बन्धी (आठौ संशोधन ) विधेयक २०७५ माथिको छलफलमा भाग लिँदै कांग्रेस सांसद लक्ष्मी परियाले भू(माफियालाई उकास्ने गरि सरकारले कानुन बनाएको आरोप लगाइन
त्यस्तै सांसद राष्ट्रिय जनता पार्टी नेपालका सांसद लक्ष्मणलाल कर्णले सार्वजनिक जग्गा मास्ने ऐनले मुलुक अघि बढ्नुको साटो पछि पर्ने भन्दै पुनर्विचार गर्न मन्त्री पद्मा अर्याललाई आग्रह गरे।
त्यस्तै कांग्रेसकी सांसद पुष्पमा भुसाल गौतमले पर्ती, ऐलानी र गौचरण मास्ने र राज्य नियन्त्रण गरेर सुकुम्बासीको नाममा जग्गा बाँड्ने मनसायले सरकारले ऐन ल्याएको भन्दै विरोध जनाइन्।
सांसद एकवाल मियाँले वनक्षेत्रको भूमि प्रयोगको सम्बन्धमा विधेयकमा गरिएको व्यवस्था विरोधाभाषपूर्ण भएको भन्दै त्यसलाई स्पष्ट पार्नुपर्ने धारणा राखे। कांग्रेसका अर्का सांसद सञ्जय कुमार गौतमले ठूला ठूला जमिनहरु कम्पनी र उद्योगका नाममा गरि पूँजीपतिहरुलाई संरक्षण गर्ने र मध्यमवर्गीय किसानलाई मार्ने गरि नीतिगत भ्रष्टाचारको संस्थागत विकास गर्ने कामलाई संघीय संसदले औपचारिकता दिएको भन्दै आपत्ती जनाए।

सम्बन्धित खवर