संविधान दिवशमा वडा वडामा सरसफाई

संविधान दिवशमा वडा वडामा सरसफाई

पथरी, संविधान दिवशको अवसरमा आज मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालय र १० वटै वडा कार्यालयले आआफ्नो क्षेत्रमा सरसफाई कार्यक्रम गरेका छन् ।
विहान नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला सहितका जनप्रतिनिधि, संघ संस्थाका प्रतिनिधि, नगरपालिका कर्मचारी, सुरक्षाकर्मी सहितको सहभागितामा वडा नम्वर १ को नर्मदेश्वर शिवालय मन्दिरहुँदै पथरी बजार क्षेत्रको सरसफाई गरिएको छ । प्रत्येक वडामा वडाध्यक्ष सहितका जनप्रतिनिधिको अगुवाईमा संघ संस्थाका प्रतिनिधि, वडा कर्मचारीहरु सहभागि भएर सरसफाई गरिएको छ ।
यसक्रममा, वडाध्यक्ष यामप्रसाद गुरागाईं सहितका जनप्रतिनिधिको अगुगाई तथा समाजसेवीहरुको सहकार्यमा वडा नम्वर २ को बुद्धचोकमा सरसफाई गरिएको छ ।
वडाध्यक्ष डम्वर चेम्जोङ सहितका जनप्रतिनिधिको अगुवाईमा ३ को पिपलचोकमा, वडाध्यक्ष गोविन्दवहादुर भण्डारी सहितका जनप्रतिनिधिको अगुवाईमा ४ को वडा कार्यालय परिसर, शनिश्चरे चोकको मन्दिर र भागिरथ माध्यामिक विद्यालय परिसरमा सरसफाई गरिएको छ ।


५ का वडाध्यक्ष जोगबहादुुर धिमाल र ६ का वडाध्यक्ष जयबहादुर तामाङ सहितका जनप्रतिनिधिको अगुवाईमा वडा कार्यालय परिसर तथा हसन्दह बजारमा दिउँसो सरसफाई गरिएको छ ।
वडाध्यक्ष कपिलमणि ढकाल सहितका जनप्रतिनिधिको अगुवाईमा ७ को वडा कार्यालय परिसर र किरातचोकमा, ८ का वडाध्यक्ष बाबुराम दहाल सहितका जनप्रतिनिधिको अगुवाईमा वडा परिसर तथा सोमबारे बजार, वडाध्यक्ष भानुभक्त राई सहितका जनप्रतिनिधिको अगुवाईमा ९ को वडा कार्यालय परिसर, शनिश्चरे चोक र शनिश्चरे बजारमा सरसफाई गरिएको छ ।
कार्यवाहक वडाध्यक्ष मनकुमारी विश्वकर्मा सहितका जनप्रतिनिधिको अगुवाईमा संघ संस्थाका प्रतिनिधि तथा सुरक्षाकर्मीको सहभागितामा वडा नम्वर १० को जिरिखिम्ती उत्तर डाँसखोला मलामी खाजाघर र दाहसंस्कारस्थल परिसरमा सरसफाई कार्यक्रम भएको छ ।
आजदेखि ३ दिनसम्म संविधान दिवश मनाउने क्रममा नगरपालिका कार्यालयमा आज बेलुका दिप प्रज्वलन् गर्ने निर्णय भएको छ ।
यसैगरी, ३ गते विहान ८ बजेदेखि नगरभित्रका सरकारी कार्यालय, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु सहित नगरबासीको सहभागितामा पथरी बजार क्षेत्रमा प्रभातफेरि र नगरपालिका परिसरमा झण्डोत्तोलन गरिने छ । त्यसपछि प्रत्येक वडा कार्यालयमा झण्डोत्तोलन, साँझ नगरपालिका कार्यालय र वडा कार्यालयमा दिप प्रज्वलन गरिने कार्यक्रम रहेको छ । साथै नगरवासीलाई पनि घर घरमा दिपावली गर्न आव्हान समेत गरिएको छ ।
४ गते विहान ११ बजे पहिलो संविधानसभा सदस्य लालबहादुर सुस्लिङ र दोस्रो संविधानसभा सदस्य चण्डीप्रसाद राईलाई सम्मान गर्ने कार्यक्रम छ । साँझ नगरपालिका कार्यालयमा दिप प्रज्वलन गरी दिवश कार्यक्रम समापन गरिने बैठकले निर्णय गरेको छ ।

सम्बन्धित खवर