बिहीबार ०२, असोज २०७६
झापाको कमल गाउँपालिका–५ मा विषाक्त जङ्गली च्याउ खाएर बिरामी भएपछि परिवारै अस्पताल भर्ना भएका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुधबार दिउँसो जङ्गलबाट ल्याएको च्याउ खाएपछि ५० वर्षीया मीना सार्की तथा उनका दुई छोरा २९ वर्षीय रमेश सार्की र २५ वर्षीय कुमार सार्की सिकिस्त बिरामी भएका थिए ।
सोही च्याउको तरकारी खाएका छिमेकीहरु ७१ वर्षीय दुर्गा जिमी राई र निजकी श्रीमती ५८ वर्षीया मनकुमारी राईसमेत बिरामी भएपछि पाँचै जनालाई दमकको आम्दा अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । तर, अवस्था गम्भीर भएको जनाउँदै थप उपचारका लागि उनीहरूलाई बुधबार राति नै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र्पुयाइएको छ ।
