अराजक गतिविधि गर्नेलाई सरकारले छाड्नु हुँदैन नारायणकाजी

अराजक गतिविधि गर्नेलाई सरकारले छाड्नु हुँदैन नारायणकाजी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले सरकार र पार्टीको विरोधलाई सहजरुपमा लिनुपर्ने बताएका छन् । बुधबार भरतपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता श्रेष्ठले देशमा विभिन्न प्रकारका विचार राख्ने मानिस भएकाले त्यसलाई सहजरुपमा लिनुपर्ने बताए।
नेकपाका प्रवक्तासमेत रहेका श्रेष्ठले विरोधका नाममा अराजक गतिविधि गर्नेलाई छाड्न नहुने पनि बताएका छन्
नेता श्रेष्ठले सरकारको कामको गति पहिलेभन्दा झन बढ्ने चरणमा रहेको बताए। उनले पार्टीका तर्फबाट पनि सरकारको काम कारवाहीलाई निगरानी गरिएको जानकारी दिए। एकताले पूर्णता पाएको भन्दै उनले पार्टीका गतिविधि अब चलायमान हुने दाबी श्रेष्ठले गरेका छन्।

सम्बन्धित खवर