’गणतन्त्रलाई खतरा भएमा सरकारले नियन्त्रण गर्छ’ ः प्रधानमन्त्री केपी शर्मा ओली

’गणतन्त्रलाई खतरा भएमा सरकारले नियन्त्रण गर्छ’ ः प्रधानमन्त्री केपी शर्मा ओली

असोज १, २०७६
प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्ध सरकारले अब कडा कदम चाल्ने बताएका छन्। सिंहदरबारस्थित पुतली बगैँचामा संघीय संसदको नयाँ भवनको शिलान्यास कार्य्रकममा बोल्दै प्रम ओलीले अब नबहकिइ विकास र समृद्धिमा लाग्नुपर्नेमा जाोड दिए।
पछिल्लो समय गणतन्त्रमाथि खतरा भएको हल्ला चलाइएको बताउँदै ओलीले त्यस्तो भएमा सरकार चुप लागेर नबस्ने दाबी गरे।
जबसम्म डमरूमाथि खतरा हुन्न भन्ने लाग्छ तबसम्म बघिनी चुप बस्छ’, उनले भने, ’त्यस्तै लोकतन्त्र र गणतन्त्रमाथि खतरा आयो भने सरकार चुप लागेर बस्दैन। त्यसका लागि तीव्र विकासलाई अगाडि बढाउँछौं।’ उनले गणतन्त्रमाथि जोखिम भएमा सरकारले नियन्त्रणकारी भूमिका खेल्ने पनि बताए ।
’यदि त्यस्तो भयो भने हामीले नियन्त्रणकारी भूमिका पनि खेल्नुपर्ने हुनसक्छ’, उनले थपे, ’अब देशमा हिंसाको कुनै ठाउँ नै छैन। यो बिलकुल वितण्डाको बाटो मात्रै हो।’
देशले सबै राजनीतिक उपलब्धि गरिसकेकाले अब हिंसाको कुनै अर्थ नभएको उनले बताए। उनले अब हत्या हिंसा छाडेर देश विकासमा अघि बढ्नुपर्ने उनले बताए।

सम्बन्धित खवर