मोहरम पर्वमा खर्साङटोलमा भव्य कार्यक्रम

मोहरम पर्वमा खर्साङटोलमा भव्य कार्यक्रम

पथरी, मुस्लीम समुदायको मोहरम पर्वका अवसरमा मोरङको पथरीशनिश्चरे ५ मा रहेको मुस्लीम वस्तीमा भव्य कार्यक्रम सम्पन्न भएको छ । अघिल्ला वर्षहरुमा पनि मुस्लीम समुदायको यो पर्वमा विभिन्न कार्यक्रमहरु हुँदै आएका थिए । यस वर्ष पनि सुनवर्षी तथा छिमेकी देश भारतका विभिन्न समूहहरुले आफ्ना खेल प्रस्तुत गरेर मोहरम मनाएका हुन् ।

नगरको एक मात्रै वडा ५ नं. मा मात्रै मुस्लीम समुदायको बस्ती रहेको छ । यस वडामा करिब ४० घरपरिवार मुस्लीम समुदाय रहेका छन् । मुस्लीमहरुले आफ्नो सुरक्षाका लागि लाठी घुमाउने, खुँडा तरवार चलाउने, लगाएतका निकै नै आकर्षक तथा जोखिमपूर्ण खेलहरु प्रस्तुत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि जोग बहादुर धिमालले नगर र वडाको तर्फबाट मोहरमको शुभकामना राख्दै आगामी दिनमा पनि यसरी आफ्नो संस्कृतिको जगेर्ना गर्दै लैजान सुझाव दिनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि वडा नं. ६ का वडा अध्यक्ष जय बहादुर तामाङले पनि नगरमा एक मात्रै स्थानमा यस्तो खेल तथा पर्वमा रमाइलो गर्ने कार्यक्रम हुदाँ नगरको गरिमा वढेको बताउनुभयो ।

नगर र वडाले कार्यक्रमका लागि आर्थिक सहयोग उपलब्ध गराएकामा धन्यवाद दिदैँ आगामी वर्षहरुमा अझ व्यवस्थीत तरिकाले कार्यक्रम गर्दै जाने कार्यक्रमका अध्यक्ष तथा मुस्लीम उत्थान समिति पथरीशनिश्चरेका अध्यक्ष शेख मुन्नाले जानकारी दिनुभयो ।

सम्बन्धित खवर