प्रदेश सांसद फुलबाबुले गरे साइकल वितरण

प्रदेश सांसद फुलबाबुले गरे साइकल वितरण

विवेक शर्मा, रौतहट

रौतहट जिल्लाको क्षेत्र न ४ ख को प्रदेश सांसद शेख अबदुल कलाम (फुलबाबु) ले विद्यार्थीहरुलाई साइकल वितरण गर्नुभएको छ । गरुडा नरपालिकाको वार्ड न ८ मा रहेको राचन्द्र माध्यमिक विद्यालयको कक्षा ८ मा पढने छात्राहरुलाई साइकल फुलबाबुले वितरण गर्नु भएको हो ।

प्रदेश न. २ को मुख्य मन्त्रि लालबाबु राउतले शुरु गरेको बेटी बचाउ, बेटी पढाउ कार्यक्रम अन्तर्गत प्रदेश न. २ को प्रत्येक समुदायिक विद्यालयहरुमा पढने कक्षा ८ को छात्राहरुलई साइकल वितरण कार्यक्रम रहेको छ । यो कार्यक्रम रौतहट जिल्लाको क्षेत्र न. ४ को ख मा पहिलो पटक प्रदेश साँसद फुलबाबु द्धारा साइकल वितरण गर्ने कार्यक्रम शुरु गर्नु भएको हो ।

उक्त कार्यक्रमा बोल्दै प्रदेश साँसद कलामले भन्नु भयो कि नेता भनेको जनताको सेवक हो सासक होइन सोही अनुसार जनताको हरेक कामको लागि म २४ घण्टा नै तत्पर रहने छु । शिक्षाको क्षेत्रमा रौतहट जिल्ला देशकै सबै भन्दा पछाडी परेको जिल्ला हो यहाँको शैक्षिक अवस्था ४१.७ प्रतिशत मात्र रहेको छ । समग्रमा प्रदेश न. २ लाई शैक्षिक दृष्टिकोणले हेर्दा शिक्षा कमजोर रहेको छ । शिक्षालाई माथि उकास्न तथा चेली वेटीहरुलाई शिक्षाको उज्यालो दिन यस्तो कार्यक्रम ल्याइएको कलामले भन्नुभयो । यो विद्यालयमा आउदा कुनै शहरको सुव्यवस्थित विद्यालयमा आएको हु भन्ने अनुभुति हुने गर्छ । यो विद्यालयको विद्यार्थीहरु तथा शिक्षकहरु ड्रेसमा आउनु, नयाँ तरिकाले अतिथिलाई स्वागत गर्नु, विद्यार्थीहरु अनुसासनमा बस्नु, सिसिटिभी क्यामराको निगरानीमा अध्यन अध्यापन हुनु भनेको एउटा सुव्यवस्थित नमुना विद्यालय सरह हो । त्यसकारण यो विद्यालय नमुना विद्यालय हुनु पर्छ भन्नेमा म आफनो तर्फबाट पहल गर्ने छु ।
सो कार्यक्रममा जम्मा २३ वटा छात्रा विद्यार्थीहरुलाई साइकल वितरण गरिएको थियो ।

सम्बन्धित खवर