आज विश्वकर्मा पूजा भव्यताका साथ मनाइदै, सबैले सेयर गरि पुण्य कमाउनुहोस

आज विश्वकर्मा पूजा भव्यताका साथ मनाइदै, सबैले सेयर गरि पुण्य कमाउनुहोस

आज आश्विन १ गते अर्थात विश्वकर्मा पूजा देश विदेशमा भव्यताका साथ मनाइदै छ । देवताका पालामा सम्पूर्ण हातहतियार बनाउने तथा निर्माणको कामको जिम्मा पाएका त्यस ताकाका इन्जिनियर पनि भन्ने कथन पाइन्छ विश्वकर्माको । अहिलेपनि विशेष गरेर हिन्दु धर्म परम्परा अनुसार आफ्ना पसल, व्यावसाय, हातहतियार, औजार, सवारी, यातायातका साधन लगाएतको पूजा गरेर विश्वकर्मा बाबाको प्राथना गर्ने प्रचलन रहि आएको छ ।

सवारी चालकले पनि बाटोमा हिड्दा देखिने विश्वकर्मा बाबाको दर्शन गर्दै ढोग्दै सवारी चलाइरहेका हुन्छन् । आज चोक बजार सबैतिर सवारी साधन धुने र विश्वकर्मा बाबाको पूजा आराधना गर्दै स्तुती गर्नेको घुइँचो रहेको पाइन्छ । हिजोआज त झन तिनपांग्रे सवारी (अटो, सिटि सफारी) लगाएतको पूजा झन रमाइलो लाग्दो हुँदै गएको छ ।

असोज महिनाको १ गते अर्थात कन्या संक्रान्तिलाई निर्माण तथा प्रविधि उत्पादन तथा अध्ययनका विद्वान श्री विश्वकर्मा बाबाको पूजाका रुपमा पनि मनाउने गरिन्छ । आजको दिन वैदिक सनातन हिन्दू धर्मावलम्विहरू यिनै विश्वकर्मा बाबाको सम्मानमा पूजाआजा गर्ने गर्दछन् ।

विश्वकर्मा बाबा देवताहरुकालागि शिल्प विशेषज्ञ र हरेक देवताका भवनहरुको निर्माता, हतियार शिल्पकार र यानहरुका रचयिता तथा निर्माता हुन । शास्त्रहरुका अनुसार विश्वकर्मा ब्रह्माका पुत्र हुन, यिनका ५ छोराहरु र एकमात्र छोरी थिइन् । उनको एकमात्र छोरी सन्ध्याको विवाह वैश्विक उर्जा तथा तापका प्राकृतिक श्रोतका मालिक भगवान सूर्यसंग भएको थियो ।

विश्वकर्मा बाबा हस्तकला, शिल्पकार, हतियारविज्ञका रुपमा कला अनि हजारौं वस्तुगत रचनाका प्रेरणा हुन । आजको आधूनिक यूगमा पनि उनले वैदिक कालमा गरेको प्रविधि तथा अनेक निर्माणका अभ्यासहरूको सम्मान स्वरूप नेपालका अधिकांश ग्यारेज, कारखाना, उत्पादन प्रविधि स्थल अनि धातूका विविध कार्यहरूमा सक्रिय विविध कार्यस्थलहरु एकदमै सजिसजाउ अनि झकिझकाउ हुने गर्छदछन ।

विश्वकर्मा बाबाको पूजामा विश्वकर्मा बाबाको मुर्ती स्थापित गरि उक्त दिन पुजा गर्ने र भोलिपल्ट रितिपूर्वक नदी, ताल, तलैयामा मुर्ती सेलाउने चलन छ । आजको दिन यातायातका साधनहरुको विशेष पुजा गरिन्छ तसर्थ आजको दिन सार्वजनिक यातायातका साधनहरु सहज उपलब्ध नहुन सक्दछन । मानव जीवनका हरेक यन्त्र तथा यान्त्रीक उपलब्धि हामीलाई सधैं फापोस अनि दूर्घटनाबाट सुरक्षा मिलोस । भर्खरै गरिएका सोह्र श्राद्धका पितृकर्मले पितृहरुले मोक्ष पाउन, अनि शान्ति छावोस, आजको दिनको सबैलाई शुभकामना ।

आज नै राष्ट्रिय चलचित्र दिवस र राष्ट्रिय विज्ञान दिवस पनि हो ।
हाम्रो पात्रोको सहयोगमा


सम्बन्धित खवर