पथरीको प्रहरी बिट बन्यो भुमाफिया बन्दि गर्ने ठाउँ,अब भ्रष्टचारीलाई पनि बन्दि गरिने

पथरीको प्रहरी बिट बन्यो भुमाफिया बन्दि गर्ने ठाउँ,अब भ्रष्टचारीलाई पनि बन्दि गरिने

२०७६ भदौ ३१
मोरङको पथरीशनिश्चरे विभिन्न बिषयमा चर्चामा आइरहने नगरपालिका मध्ये एक पर्छ । हाल पथरी शनिश्चरे नगरपालिकाको एक गम्भीर, पुरानो समस्या मध्येको एक सुकुम्बासी समस्या चर्किरहेको छ ।
गत भदौ २८ गते पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ३ मा शनिवार विहानै जग्गा किनबेचको शिलशिलामा ४(५ जनाको समूह देखा प¥यो । भु(माफियाको जालसाजीले हैरान भएका स्थानिय सुकुम्बासीहरुको चासो जग्गा किनबेचका क्रममा गाउमा आउने नयाँ टोलि प्रती हुनु अनौठो भएन।
स्थानियले सो टोलि सुकुम्बासी बसोबास रहेकै जग्गा किनबेचको क्रममा आएको थाहा पाए पश्चात ३ नम्बर वडाको किरात चोक तनाव ग्रस्त बनेको थियो। मोरङको पथरी शनिश्चरे नगपालिकाको वडा नम्वर ३ का स्थानियले एक भु–माफियालाई शनिवार दिनभर नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाए ।
दमक र वेलवारीमा लेखनदासको काम गर्दै आएका भरत भट्टराई नाम गरेका एक वृद्धलाई स्थानिय सुकुम्वासीहरुले नियन्त्रणमा लिएर जन–प्रतिनिधिको रोहवरमा ईलाका प्रहरी कार्यलय पथरीलाई वुझाए ।
वि.स २०३६ सालदेखि स्थायी वसोवास गर्दै आएको जग्गामा विभिन्न समयमा धनि पुर्जा लिएर आउने हरुको यो स्थानमा लर्को नै लाग्ने गरेको छ । स्थानियहरुले विगत २०३६ सालदेखी झोडा फाडेर वसोबास गर्दै आएको भएतापनि विभिन्न समयमा केही व्याक्तिहरुले २०४० साल पछाडीको धनिपुर्जा वोकेर आउने र दुःख दिने गरेको स्थानियको भनाई रहेको छ ।
सुकुम्बासीले बिरोध स्वरुप शनिबार बन्दि बनाइएका भुमाफियाको तस्बीर सहित सोहि बिटमा पुन भदौ ३१ गते मंगलबार एक कार्यक्रम आयोजना गरेको छ । स्थानियले यसै गरी आउने अन्य भुमाफियाको पनि तस्बीर टागिने बताए ।
स्थानिय सुकुमवासी युवा नेता मौसम याक्थुम्वा लिम्वुले अब भुमाफिया मात्र नभएर भ्रष्टचारी जनताको सेवा नगर्ने जनप्रतिनीधी जो कोही भए पनि नछाडने र यसै गरी सोही बिटमा थुनिने बताए । उनले प्रहरी प्रशासनले कार्वाही नगरी छोडने भएकाले पनि अब जनताले नै कार्वाही गर्ने बताए ।

सम्बन्धित खवर