तीन भाषामा मोदीलाई ओलीको जन्मदिन शुभकामना

तीन भाषामा मोदीलाई ओलीको जन्मदिन शुभकामना

३१ भदौ २०७६
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ट्वीटरमार्फत तीन भाषामा जन्मदिनको शुभकामना दिएका छन् । मंगलबार बिहानै तीन भाषामा लगातार ट्वीट गर्दै प्रधानमन्त्री ओलीले शुभकामना दिएका हुन् । उनले अंग्रेजी, हिन्दी र गुजराती भाषामा मोदीलाई शुभकामना दिएका छन् ।
‘प्रधानमन्त्री नरेन्द्र मोदीजी तपाईलाई जन्मदिनको हार्दिक शुभकामना’ओलीले मोदीलाई मेन्सन गर्दै लेखेका छन् । ‘म तपाईको राम्रो स्वास्थ्य, खुसी जीवन र दीर्घायूको कामना गर्दछु’।
‘मलाई पूरै विश्वास छ की हामी मिलेर नेपाल–भारतको द्वीपक्षीय सम्बन्ध अझै धेरै मजबुद बनाउँदै लानेछौं’ शुभकामना सन्देशमा ओलीले लेखेका छन्। सन १९५० सेप्टम्बर १७ मा गुजरातमा जन्मिएका मोदी ६९ वर्ष पुगेका छन् ।
પ્રધાનમંત્રી શ્રી २लबचभलमचबmयमष् જી ને જન્મદિન પર હાર્દિક શુભેચ્છાઓ! હું આપના સારા સ્વાસ્થ્ય, સુખ અને કુશળતાની કામના કરું છું.
આપણે સાથે મળી બહુપક્ષીય નેપાળ(ભારત સંબંધોને વધુ મજબૂત કરવા માટે કામ કરતા રહીશું.

सम्बन्धित खवर