कोषमा ६ लाख सञ्चयकर्ता, साढे २९ अर्बको आम्दानी

कोषमा ६ लाख सञ्चयकर्ता, साढे २९ अर्बको आम्दानी

भदौ ३१, २०७६
कर्मचारी संचयकोषमा ६ लाख सञ्चयकर्ता पुगेका छन्। कोषमा वार्षिक उत्सवमा मंगलबार ६ लाख संचयकर्ता पुगेको जनाकारी गराएको हो। कोषले योगदानमा आधारित पेन्सन व्यवस्थापन प्रणाली पनि मंगलबारबाट औपचारिक सुरुवात गरेको छ।
त्यस्तै, कर्मचारी सञ्चय कोषले आर्थिक वर्ष २०७५र०७६ मा २९ अर्ब ५३ करोड रुपैयाँ आम्दानी गरेको छ। सञ्चयकर्तालाई प्रदान गरिएको ब्याज तथा कोषको सञ्चालन खर्च कटाउँदा ३ अर्ब ७५ करोड रुपैयाँ खुद मुनाफा हुने देखिएको छ।
खुद मुनाफा रकमलाई सञ्चयकर्ताको सामाजिक सुरक्षा सुविधा तथा मुनाफा वितरणमा उपयोग गरिने कोषले जनाएको छ। २०७६ असार मसान्तसम्ममा कोषको कुल वित्तीय स्रोत ३ खर्ब ४५ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ।
यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा ११ प्रतिशतले बढी हो। कोषको कुल स्रोतमध्ये ३ खर्ब ३८ अर्ब ६ करोड अर्थात ९८ प्रतिशत रकम विभिन्न क्षेत्रमा प्रवाह भएको छ। जसमध्ये सञ्चयकर्ता सापटीमा ५३ प्रतिशत, परियोजना कर्जामा १६ प्रतिशत, बैंक मुद्दती निक्षेपमा २३ प्रतिशत र अन्य क्षेत्रमा ८ प्रतिशत रहेको छ।

सम्बन्धित खवर