वैशाखयताका विपदमा परी २७१ ले गुमाए ज्यान, ८०० विस्थापित

वैशाखयताका विपदमा परी २७१ ले गुमाए ज्यान, ८०० विस्थापित

२०७६ भदौ ३१ गते
०७६ वैशाखयताका विभिन्न विपद्का घटनामा परी २७१ ले ज्यान गुमाएका छन् भने ६४६ घाइते भएका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार, बाढी–पहिरोलगायतका विभिन्न विपद्का घटनामा परी २०७६ वैशाख १ देखि भदौ २९ सम्म २७१ ले ज्यान गुमाएका हुन् त्यस्तै, ६४६ जना घाइते भएका छन् भने ७६७ व्यक्ति विस्थापित भएका छन् ।
सरकारी तथ्यांक अनुसार, विभिन्न घटनामा १ हजार ६३ चौपाया मरेका छन् । ४ हजार ६०७ घर डुबानमा परेको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ । नेपाल प्रहरीका केन्द्रीय सहप्रवक्ता उमेशराज जोशीले विपद्का घटनाको उद्धारका लागि पाँच महिनामा १६ हजार प्रहरी जनशक्ति परिचालन गरेको जानकारी दिए । ५ महिनानाको अवधिमा १५ पुलमा क्षति, एक हजार ७६१ घर, २१७ गोठ र ७४ सरकारी कार्यालयमा क्षति पुगेको छ । विपद्का घटनाबाट रु दुई अर्ब ४२ करोड ५५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
सहप्रवक्ता जोशीले यस वर्ष अचानक विपदमा परेका सबै व्यक्तिको सफल उद्धार गरिएको जानकारी दिए । नेपाल प्रहरीले ०६८ मा विपद् व्यवस्थापन महाशाखा स्थापना गरी हाल देशभरका सातै प्रदेशमा शाखा स्थापना गरी उद्धार गर्दै आइरहेको छ ।
अनलाइनखबर

सम्बन्धित खवर