मङ्गलबार ३१, भदौ २०७६
मौसम पूर्वानुमान शाखाले मंगलबार देशैभरी बदली रही पानी पर्ने जनाएको छ।
हाल पुर्वि तराई, मध्य र पश्चिमका केहि स्थानमा सामान्य बदली भई मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षा भईरहेको छ भने बाँकि भु भागमा पनि आंशिक देखि सामान्य बादलीको अवस्था रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल मनसुनी न्युन चापीय रेखाको पश्चिमी भाग औषत स्थानको आशापास रहेको र पुर्वी भाग औषत स्थान भन्दा थोरै उत्तरतर्फ रहेको छ।
यसका साथै भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भाग र उत्तर प्रदेशको दक्षिणी भागमा एउटा निम्न चापिय प्रणाली रहेका छ भने बंगालको खाडीबाट आएको जलवाष्प युक्त हावाका कारण देशभर मनसुनी गतिविधि बढेको उसले जनाएको छ।
विभागका अनुसार ३ दिनको मौसम यस्तो हुनेछ –
भाद्र ३१ गते (मंगलबार)
दिउँसो – देशभरी सामान्य देखि पुर्ण बदली रही मध्य र पूर्बी भुभागका धेरै स्थानमा तथा पश्चिमका केहि स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुनेछ। देशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।
राती – देशभरी सामान्य देखि पुर्ण बदली रही मध्य र पश्चिमका धेरै स्थानहरुमा तथा पुर्वका केहि स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। मध्य र पश्चिमका थोरै र पुर्वका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।
असोज १ गते (बुधबार)
दिउँसो – देशभरी सामान्य बदली रही मध्य भुभागका धेरै स्थानमा र देशका बाँकी भू(भागहका केही स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुनेछ। देशका मध्य तथा पश्चिमका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।
राती – देशभर पुर्ण बदली रही मध्य र पश्चिमका धेरै स्थानहरुमा तथा पुर्वका केहि स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित मध्यम वर्षा हुनेछ। पश्चिमका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।
असोज २ गते (बिहीबार)
दिउँसो – देशभरी सामान्य देखि आंशिक बदली रही केही स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुनेछ।
राती – देशभरी सामान्य देखि आंशिक बदली रही केही स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुनेछ।
