देशकै नमुना हरियाली सामुदायिक वनको १४ औ वार्षिक साधारण सभा सम्पन्नः २ पत्रकार सम्मानित

देशकै नमुना हरियाली सामुदायिक वनको १४ औ वार्षिक साधारण सभा सम्पन्नः २ पत्रकार सम्मानित

राजकुमारी तामाङ
३० भदौ २०७६
मोरङको पथरीशनिश्चरे २ मा रहेको हरियाली सामुदायिक वनको १४ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
वार्षिक साधारण सभाको अवसर पारी विभिन्न विधामा सम्मान तथा वार्षिक प्रतिवेदन पनि सार्वजनिक गरेको छ । यसै अवसरमा पथरीका २ पत्रकार सम्मानित भएका छन । पथरी एफ एम का प्रबन्ध निर्देशक मोहन भटराई र पत्रकार महा संघका केन्दि«य पार्सद अर्जुन जमेली राई सम्मानपत्रले सम्मानित भएका छन ।
यस्तै वनको अति विपन्न उपभोक्ता ९एकल महिला, दलित,जनजाती,अपाङग,असाहय० गरी ३० जनालाई सालको खाट वितरण गरिएको छ ।
यसै अवसरमा जेष्ठ नागरिक ६ जनालाई पनि दोसल्ला सहित सम्मानपत्र द्धारा सम्मान गरीएको छ साथै पुर्व टोला पूमुखहरुलाई पनि सोहि अवसरमा सम्मान गरिएको छ । यस्तै वार्षि प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७५–०७६ मा कुल आम्दानी १ करोड २५ लाख ६ हजार ९ सय २ रुपैया रहेको छ भने १ करोड १२ लाख ९९ हजार २ सय ७९ रुपैयाँ खर्च रहेको छ ।
सो कार्यक्रममा नगरप्रमुख दिलिप कुमार राईको प्रमुख आथित्यता,जिल्ला डिभिजन वन कार्यलय मोरङका अधिकृत राम लखन ठाकुरको विशिष्ठ आथित्यता र सोही वनका अध्यक्ष काबुल ब. मगरको अध्यक्षता रहेको थियो । कार्यक्रमको बारेमा बोल्ने क्रममा मगरले आर्थिक वर्षमा अति विपन्न २ उपभोक्ता नर ब चौहान र राम कमार राईलाई घर निर्माण गरी हस्तान्तरण गरेको पनि बताएका छन ।
हरियाली सामुदायिक वन देशकै नमुना वन बन्दै गणेशमान सिंह सामुदायिक वन प्रथम राष्ट्रिय पुरस्कार २०७६बाट सम्मानित पनि भएको वन हो । देशभरका करिब २२ हजार सामुदायिक वनहरुलाई पछि पार्दै हरियाली सामुदायिक वन उत्कृष्ट बनेको थियो ।
२०५६ सालमा स्थापना भएको सो वनकोे क्षेत्रफल २४५.९४ हेक्टर रहेको छ भने वनमा हाल पथरीशनिश्चरे नगरपालिका वडा नम्बर २, ३ र ७ नम्बर वडाका एक हजार २८ घर धुरी उपभोक्ता सदस्यहरु आवद्ध रहेका छन् ।

सम्बन्धित खवर