रतुवामाईमा १८ लाख रुपैयाको शौचालयलाई १ करोड भनेको भन्दै मेयरको चौतर्फी आलोचना मेयर भन्छन् मैले त्यसो भनेको छैन

रतुवामाईमा १८ लाख रुपैयाको शौचालयलाई १ करोड भनेको भन्दै मेयरको चौतर्फी आलोचना मेयर भन्छन् मैले त्यसो भनेको छैन

३० भाद्र २०७६, सोमबार
मोरङको रतुवामाई नगरपालिकाका मेयर रविन राईले १८ लाख रुपैयामा निर्माणाधीन शौचालयलाई १ करोड रुपैयामा निर्माण गरेको भनी बाहिर आएको विषयमा सत्यता नभएको बताएका छन् ।
पत्रकार सम्मेलनको आयोजना गरी मेयर राईले रतुवामाई नगरपालिका वार्ड नं.४ झुर्किया बजारमा निर्माणाधीन ७ कोठे अपाङमैत्री शौचालय १८ लाख ३० हजार ५ सय ४४ रुपैयाको लागतमा ठेक्का भई निर्माण भईरहेको प्रष्ट पारे ।
उनले सार्वजनिक खरिद ऐन बमोजिम ठेक्कामा काम भईरहेको बताए । मेयर राईले रतुवामाईको विकास निर्माण प्रति आफु संवेदनशिल रहेको बताउदै गुणस्तरहिन काम कदापि हुन नदिने बताए ।
उनले झुर्किया बजारका लागि ३९ वटा कृषि उपज संकलन विक्री केन्द्र, ४ वटा ट्रस्ट, दृष्यावलोकनका लागि भ्यु टावर र मन्दिर निर्माण गर्ने लक्ष्य अनुरुप काम भईरहेको बताए ।

सम्बन्धित खवर