पथरीशनिश्चरे नगरले मनायो बाल दिवस

पथरीशनिश्चरे नगरले मनायो बाल दिवस

एलिना दियाली
२९ भदौँ २०७६पथरी

राष्ट्रिय बाल दिवसका अवसरमा ‘सुनिश्चित बाल अधिकार,समृद्धिको आधार’,भन्ने मुल नाराका साथ देशभर विभिन्न कार्यक्रम गरि मनाईएको छ ।
यसै अवसरमा मोरङको पथरी शनिश्चरे नगरपालिकाले आईतबार नगरभित्रका बालबालिकाबीच विभिन्न प्रतियोगिताका आयेजना गरि मनाएको छ ।

पथरी शनिश्चरे नगरपालिकाको आयोजना तथा लुथरन विश्व फेडेरेशनको सहकार्यमा भएको सो कार्यक्रममा बालबालिकाहरुका बीच कविता लेखन,चित्रकला, म्यूजिकल चियर प्रतियोगिता गरिएको थियो।
कविता लेखनमा सिंहवाहिनी माध्यमिक बिद्यालयकी छात्रा लक्ष्मी राई,सुगाहाट माध्यमिक बिद्यालयका छात्र झकेन्द्र खत्री,भागिरथ माध्यमिक बिद्यलायका छात्र हेमचन्द्र शिवा क्रमश प्रथम, द्धितिय र तृतिय भएका छन् ।
त्यस्तै गरि चित्रकला प्रतियोगितामा जनता माध्यमिक बिद्यालयका छात्र मौसम लिम्बू,जनकल्याण माध्यमिक बिद्यालयका छात्र सुरेश थापा,र सुनाखरि माध्यमिक बिद्यालयकी छात्रा सलिना चौधरी क्रमश प्रभम, द्धितिय र तृतीय भएकाछन् ।

त्यस्तै सोहि अवसरमा भएको म्यूजिकल चियर प्रतियोगितामा जनता माध्यमिक विद्यालयका छात्र आर्यन धिमाल,सोहि बिद्यालयका छात्र युनिक गौतम र सुभेक्षा तामाङले क्रमश प्रथम,द्धितिय र तृतीय स्थान हाँसिल गरेकाछन् ।
त्यस्तै हण्डिफोर प्रतियोगितामा सुगाहाट माध्यमिक बिद्यालयकी छात्रा कविता शाह पुरस्कृत भएकी छन् ।नगरका सामुदायिक बिद्यालयहरुको बिचमा आयोजना गरिएको प्रतियोगितामा विश्वनाथ संस्कृत विद्यालयका विराज पोखरेलले संस्कृतमा निवन्ध प्रस्तुति गरेका थिए ।
नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अध्क्षयतामा भएको कार्यक्रमका बिजेता भएका बालबालिकालाई नगर उपप्रमुख सहित प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमला, उपसचिव शालिकराम काफ्ले, नगर प्रवक्ता यामप्रसाद गुरागाईं, लुथरनका कर्ण नेपाली, भूटानी शरणार्थी शिविर व्यवस्थापन समिति सचिव चम्पासिंह राईले संयुक्त रुपमा नगद पुरस्कार तथा प्रमाणपत्रले सम्मान तथा पुरस्कृत गरेका थिए ।

सम्बन्धित खवर