दूधको मूल्य वृद्धिले थपेन उत्साह

दूधको मूल्य वृद्धिले थपेन उत्साह

२९ भदौ २०७६
सरकारले दूधको मूल्य वृद्धि गरे पनि इलाम र तेह्रथुमका व्यावसायिक कृषकमा खुसी थपिएको छैन। उत्पादित दूधले बजार नपाइरहेको समयमा दूधको मूल्य बढाउँदा नबिक्ने समस्या हुने तेह्रथुमका कृषक बताउँछन्।
बजार र कृषकको अवस्था नहेरी दूधको मूल्य बढाइनु गलत भएको तेह्रथुम म्याङलुङ नगरपालिका ६ हरिसेका तेजप्रसाद आपागाई बताउँछन्।
५ वर्षअघि सुरु गरेको आपागाईंको शिमिनाक्सी पाथिभरा गाईपालन फार्ममा १५ गाईमध्ये ६ वटा दुहुना छन्।
दैनिक ५० देखि ७० लिटरसम्म दूध उत्पादन भए पनि बजार अभावले सोचेजस्तो आम्दानी गर्न नसकेको उनी बताउँछन्।
प्रतिलिटर ४० रुपैयाँमा दूध बिक्री गर्दै आएका आपागाईं पहिलेकै भाउमासमेत दूध बिक्री गर्न समस्या भएको उनले बताए। ल्लेख गरे।
उत्पादित दूधले बजार नपाएपछि निराश हुनुपरेको म्याङलुङ ६ का कृषक अम्बिकाप्रसाद आपागाईंले बताए। कृषकको दूध बिक्री नहुँदा अधिकांश किसान मर्कामा छन्।
उत्पादित दूधले बजार नपाएपछि निराश हुनुपरेको म्याङलुङ ६ का कृषक अम्बिकाप्रसाद आपागाईंले बताए।
इलामका कृषक भने किसानको हातमा प्रतिलिटर ३ रुपैयाँ ६६ पैसा पुग्ने गरी मूल्य वृद्धि गरे पनि व्यावसायिक कृषकलाई कुनै राहत नपुगेको बताउँछन्।
सूर्योदय नगरपालिका ११ भालुखोपको त्रीब्रदर्स गाई फार्मका प्रोपाइटर कुमार रेग्मीले दुई वर्षमा उत्पादन लागत आकासिए पनि नाफा घाटा विश्लेषण नगरी मूल्य वृद्धि भएको गुनासो गरे।
मूल्य वृद्धि भएपछि ३ प्रतिशत फ्याट र ८ प्रतिशत एसएनएफ भएको दूध बिक्री गर्ने किसानले अहिले ४१ रुपैयाँ ३२ पैसा पाउँछन्। यसअघि किसानले प्रतिलिटर ३७ रुपयाँ ६६ पैसा पाउँदै आएका थिए।
दैनिक २० लिटर दूध दिने गाईको लागि प्रतिलिटर दुग्ध उत्पादन लागत मात्रै ३८ रुपयाँ पर्ने कृषकको दाबी छ।
राष्ट्रिय दुग्ध विकास बोर्डले २०१४ मा गरेको दुग्धको उत्पादन लागत विश्लेषणमा औसत प्रतिलिटर दुग्ध उत्पादन लागत ३४ रुपैयाँ ९२ पैसा पर्ने निष्कर्ष निकालेको थियो। इलाममा देशकै सबैभन्दा कम लागतमा दुग्ध उत्पादन हुने बोर्डको रिपोर्टमा उल्लेख छ।
इलाममा प्रतिलिटर २९ रुपैयाँ ८१ पैसामा दुग्ध उत्पादन हुने भनेपछि इलामका किसानले बोर्डको विश्लेषणलाई त्रुटिपूर्ण भन्दै अस्वीकार गर्दै आएका छन्।
यसपटक प्रतिलिटर ६ रुपैयाँ मूल्य बढेको हल्ला चले पनि किसानको हातमा ३ रुपैयाँ ६६ पैसा मात्रै पुग्ने कृषक रेग्मीले बताए।

सम्बन्धित खवर