संविधान दिवसका दिन ः कानेपोखरीमा तीन दिने कार्यक्रम

संविधान दिवसका दिन ः कानेपोखरीमा तीन दिने कार्यक्रम

२९ भदौ, २०७६
राष्ट्रिय संविधान दिवस २०७६ को अवसरमा कानेपोखरी गाउँपालिकाले तीन दिने कार्यक्रमको आयोजना गरेको छ ।
संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा १७३ सदस्यीय मूल समारोह समितिको गठन गरीएको छ ।
मुल समारोह समीतीमा गाउँपालिकाका अध्यक्ष तारा वहादुर काफ्लेको अध्यक्षता र उपाध्यक्ष राजमती इङनामको

उपाध्यक्षतामा गठित मूल समारोह समीतीमा सात वटै वाडका वडा अध्यक्ष, गाउँ कार्यपालिकाका सदस्य, सरकारी

कार्यालयका प्रमुख, रमाइलो जेसिजका अध्यक्ष,लायन्स क्लब अफ रमाइलोका प्रतिनिधी, गाउँपालकासँग सहकार्य

गर्ने गैरसरकारी संस्थाका प्रमुख, सहकारी संस्थाका प्रमुख, सामाजिक क्लबहरु सदस्यका रुपमा रहेका छन् ।
समितिका दुइ वटा उपसमिति अन्तर्गत पत्रकार दिनेश सुब्बाको नेतृत्वमा प्रचारप्रसार उपसमिति र वडा नम्बर ६ का

वडा अध्यक्ष खडग वहादुर वस्नेतको नेतृत्वमा व्यवस्थापन तथा समन्वय उपसमिति गठन गरिएको छ ।
व्यवस्थापन समितिले तय गरेका कार्यक्रमहरुलाई रमाइलो युवा परिवार र रमाइलो बजार प्रवन्ध समितिले सन्चालनको

सहकार्य गर्ने तयारी रहेको छ ।
कार्यक्रमहरुमा असोज २ गते विहान वजार तथा रमाईलो चौक सरसफाइ कार्यक्रम, २ गते दिउँसो अन्तरमाध्यमिक

विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सन्चालन हुनेछन् ।
सोही दिन अपरान्ह गाउँपालिकाका सात वटै वाडका मार्गमा मोटरसाइकल ¥याली गरी साँझमा दिपावली गरिने

भएको छ ।
असोज तीन गते संविधान दिवसको औपचारिक कार्यक्रमको उद्घाटनसँगै विभिन्न विद्यालयका विद्यार्थीहरुबाट

मार्चपास गरिने, पुरस्कार वितरण तथा शुभकामना आदानप्रदानका साथ कार्यक्रमको विसर्जन हुनेछ ।
सोही दिन पाँच किलोमिटरको दौड प्रतियोगिता पनि सन्चालन हुने आयोजक समितीले जनाएको छ ।

सम्बन्धित खवर