जितिया पर्वमा सार्वजानिक विदाको माग

जितिया पर्वमा सार्वजानिक विदाको माग

२९ भदौ२०७६
थारु समुदायका महिला तथा तराईरमधेशमा बसोवास गर्ने महिलाहरुको महान पर्व जितिया पर्वमा सार्वजानिक विदाको माग गरेको छ ।
नेपाल सरकारले जितिया पर्वमा सार्वजानिक विदा कटौति गरेकोले प्रदेश १ मा विदा हुनु पर्ने माग गरेको हो ।
प्रदेश १ मुख्य मन्त्री तथा मन्त्री परिषद कार्यालयमा ज्ञापन पत्र बुझाउँदै सार्वजानिक विदा माग गरेको थारु कल्याणकारीणी सभाका पुर्व केन्द्रिय अध्यक्ष चन्द्रकुमार चौधरीले जानकारी दिएका छन ।
उक्त पत्र बुझाउँदै थारु कल्याणकारीणी सभा सुनसरीका अध्यक्ष सुरेन्द्र चौधरी, इटहरी उप–महानगरपालिकाका मेयर द्धारिकलाल चौधरी, आदिवासी जनजाति महासंघ रामधुनीका अध्यक्ष राजकुमार चौधरी,थारु चलचित्र तथा सांस्कृतिक संघ सुनसरीका अध्यक्ष जानकी चौधरी, थारु महिला सभा रामधुनीका अध्यक्ष सिता चौधरी लगायतले सार्वजानिक विदा हुनु पर्ने माग राखेर ज्ञापन पत्र बुझाएका हुन ।
थारु महिला तथा तराईमा बसोवास गर्ने महिलाहरुले यही असोज ५ गते जितिया पर्व सभ्य, भव्य र धुमधामका साथ मनाउने तयारीमा रहेको थारु कल्याणकारीणी सभा सुनसरीका कार्यक्रम संयोजक तारादेवी चौधरीले जानकारी दिएकी छिन ।

सम्बन्धित खवर