२९ भाद्र २०७६, आईतवार
राष्ट्रिय जनगणना २०६८ को तथ्यांकमा दुरा जातिको जनसंख्या पाँच हजार ३ सय ९४ छ। दुरा भाषा बोल्नेको संख्या भने २ हजार १ सय ५६ छ। बास्तविकतामा भने यो भाषा बोल्नेहरु नै छैनन्। घले जातिको जनसंख्या २२ हजार ८ सय ८१ छ। जनगणनामा भने यो भाषा बोल्नेको संख्या ८ हजार ९२ देखाइएको छ।
यी जनगणनामा भएका त्रुटिका केही उदाहरण मात्र हुन्। यस्ता त्रुटि अबको गणनामा दोहोर्याउन नहुने विज्ञहरुले बताएका छन् ।
विशेषज्ञले त्रुटि औँल्याएपछि राष्ट्रिय जनगणनाको तथ्यांक विश्वसनिय बनाउने तयारी छ। जनगणनामा खटाइने जनशक्ति चुस्त एवं प्रविधिमैत्री हुनेछन्। सम्बन्धित समुदायको घर, परिवारले दिने वैयक्तिक, पारिवारिक सूचना, जात, जाति र भाषालाई समेत यकिन गरिने छ।
२०७८ जेठ २५ देखि असार ८ सम्म १२ औँ जनगणना हुँदैछ। मुलुक संघीय संरचनामा गएपछिको यो पहिलो जनगणना हो।




