नेपाल आइडल सिजन–३ को अडिसन भदौको अन्तिमबाट सुरु हुने, पूर्वमा भने विर्तामोडमा मात्र हुने

नेपाल आइडल सिजन–३ को अडिसन भदौको अन्तिमबाट सुरु हुने, पूर्वमा भने विर्तामोडमा मात्र हुने

२८ भाद्र २०७६,
नेपाल आइडल सिजन–३ को अडिसन यही भदौको अन्तिमबाट सुरु हुने भएको छ भदौ ३१ गतेबाट सुरु हुने अडिसन कात्तिकको पहिलो हप्तासम्म चल्ने छ ।
पहिलो अडिसन भदौ ३१ गते पोखरामा हुनेछ भने असोज ३ गते बुटवलमा हुनेछ । असोज ६ गते नेपालगञ्जमा अडिसन हुनेछ भने वीरगञ्जमा असोग १० गते हुने नेपाल आइडलले जनाएको छ । विर्तामोडमा असोज १४ गते हुने अडिसन काठमाडौंमा कात्तिक २ गते हुनेछ ।
१६ वर्ष देखि ३० वर्ष उमेरका व्यक्ति अडिसनमा सहभागी हुन पाउने छन् ।
नेपाल आइडलको पहिलो सिजनको विजेता बुद्ध लामा भएका थिए भने दोस्रो सिजनको बाजी रवी ओडले मारेका थिए ।

सम्बन्धित खवर