अमेरिका र चीनको व्यापारिक तनावको असर पर्दैन ः अन्तर्रा्ष्ट्रिय मुद्रा कोष

अमेरिका र चीनको व्यापारिक तनावको असर पर्दैन ः अन्तर्रा्ष्ट्रिय मुद्रा कोष

२८, २०७६
अमेरिका र चीनको व्यापारिक तनावका कारण विश्वमा आर्थिक संकट निम्तिने विभिन्न अध्ययनलाई अन्तर्रा्ष्ट्रिय मुद्रा कोषले अस्वीकार गरेको छ । विश्वमा आर्थिक संकटको अवस्था नरहेको र निकट भविष्यमा समेत यस्तो सम्भावना नरहेको कोषले जनाएको छ ।
अमेरिका र चीनबीचको व्यापार हिस्सा विश्व अर्थतन्त्रको शुन्य दशमलव ८ प्रतिशत मात्रै भएको भन्दै तत्कालै डराउनुपर्ने अवस्था नरहेको अन्तर्रा्ष्ट्रिय मुद्रा कोषले दाबी गरेको छ ।
यद्यपी अमेरिका र चीनको व्यापारिक तनाव चिन्ताको अवस्था भने रहेको मुद्राकोषको भनाई छ । यसैबीच अमेरिका र चीनबीच व्यापार युद्ध अन्त्यका लागि वासिङटनमा आगामी साता मन्त्रीस्तरीय वार्ता हुँदैछ ।
यसअघि भएका कयौं वार्ताले सहमतीको रुप लिन नसक्दा दुवै देशले एक अर्काको अर्बाैं डलरका उत्पादन माथि अतिरिक्त कर लगाएका छन् ।

सम्बन्धित खवर