नेकपाले जिल्ला स्तरीय प्रशिक्षण सुरु गर्दै

नेकपाले जिल्ला स्तरीय प्रशिक्षण सुरु गर्दै

भाद्र २८, २०७६
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस पार्टी सुदृढीकरण र कार्यकर्ता प्रशिक्षण कार्यक्रम लिएर गाउँ पसेका छन् । संगठन अस्तव्यस्त भएको तथा निर्वाचन बाहेकका समय कार्यकर्ता बिर्सिएको भन्दै आलोचना भईरहेका बेला दुबै दल छुट्टाछट्टै कार्यक्रम लिएर गाउँ पसेका हुन् ।
कांग्रेसले गत २४ गतेदेखि मुलुकभर जागरण अभियान गरिरहेको छ भने नेकपाले २७ गते इलामबाट कार्यकर्ता प्रशिक्षण अभियान सुरु गरेको छ । दोस्रो चरणको जागरण अभियानमा कंग्रेसले केन्द्रीय नेताहरुको सहभागितामा मुलुकभर पार्टी सुदृढीकरण अभियान र नेता कार्यकर्तामा प्रशिक्षण जारी राखेको छ ।
कांग्रेस उपसभापति विमलेन्द्र निधिले केन्द्र देखि स्थानीय तहका नेताहरुसम्म संवाद र सक्रियता, पार्टी र जनता तथा पार्टी र मतदाताबीचको निकटता कायम गर्न जागरण अभियान जारी राखिएको बताउनुभयो । नेकपाले पनि ७७ बटै जिल्लामा २७ गते देखि कार्यकर्ता प्रशिक्षण सुरु गरेको छ ।
पार्टीको कार्य्दिशा, एकतापछिको रणनीति तथा राष्ट्रिय राजनीतिमा पार्टीले खेल्ने भूमिकाका विषयमा नेकपाले कार्यकर्तालाई प्रशिक्षण प्रदान गर्न लागेको हो । ईलामबाट सुरु प्रशिक्षण सबै जिल्लामा चरणबद्ध रुपमा सञ्चालन गरिने वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिनुभयो ।

सम्बन्धित खवर