नर्सिङ काउन्सिलको बोर्ड सदस्य चयनका लागि आज निर्वाचन हुदै

नर्सिङ काउन्सिलको बोर्ड सदस्य चयनका लागि आज निर्वाचन हुदै

भाद्र २८, २०७६
नेपाल नर्सिङ काउन्सिलको बोर्ड सदस्य चयनका लागि आज निर्वाचन हुँदैछ । काउन्सिलले पहिलो पटक बोर्ड सदस्यका लागि निर्वाचन हुन लागेको हो । निर्वाचनका लागि देशका १४ स्थानमा मतदानस्थल तोकिएको छ ।
३ जना बोर्ड सदस्यका लागि १३ हजार नर्स मतदाताले मतदान गर्नेछन् । मतदान सकिएपछि आजैबाट मतगणना सुरु हुने र सोमबारसम्म नतिजा आउने प्रमुख निर्वाचन अधिकृत वैद्यले जानकारी दिनुभयो ।
काउन्सिलको तीन सदस्य पदका लागि आठ जनाले उम्मेद्वारी दिएका छन् । निर्वाचनमा सरला केसी, जीता बराल, मित्रकुमारी देवकोटा, डा तारा शाह, कृष्णकुमारी पौडेल, तुलसादेवी अधिकारी, सीता कार्की र रीना श्रेष्ठले उम्मेदवारी दिएका छन् ।
निर्वाचनका लागि धनकुटा विराटनगर, सुनसरी, जनकपुर, विरगंज, चितवन, काठमाडौं, पोखरा, पाल्पा, बुटवल, सुर्खेत नेपालगञ्ज, दाङ, धनगढीमा निर्वाचन केन्द्र तोकिएको छ ।

सम्बन्धित खवर