कञ्चनपुरमा वडाध्यक्षको कार्यलयमा आगजनी, विप्लव समुह भएको आशंका

कञ्चनपुरमा वडाध्यक्षको कार्यलयमा आगजनी, विप्लव समुह भएको आशंका

फाइल तस्वीर

काठमाडौं, पछिल्ला केही दिनहरुमा जनप्रतिनिधिलाई लक्षित गरेर विभिन्न आक्रमणहरु हुँदै आएका छन् । एकपछि अर्को गर्दै लगातार यस प्रकारका घटनाहरु बाहिर आइरहेका छन् । यो बीचमा कञ्चनपुरको भीमदत्तनगरपालिका–१९ बागफाँटास्थित वडाध्यक्षको कार्यकक्षमा आगजनी भएको जानकारी दिइएको छ ।

हिजो राति अज्ञात समूहद्वारा आगजनी गरिएको प्रहरीले जनाएको छ । आगजनीबाट कार्यालयभित्र रहेका महत्वपुर्ण कागजात, फर्निचरका साथै वडाध्यक्षको कुर्ची जलेको छ । आग’जनी गरिएको स्थलमा नेत्रविक्रम चन्द नेतृत्व समूहको सात बुँदे असहमतिसहितको पर्चा भेटिएको हुँदा यस घटनामा उक्त समुहको संलग्नता रहेको अनुमान गरिएको छ ।

प्रहरीका अनुसार पर्चामा स्थानीय तहमा भ्रष्टाचार बढेको, छाडा पशुचौपायाको व्यवस्थापन नगरिएको र सडक पूर्वाधार लगायतका काममा बेवास्ता गरेको भन्दै असन्तुष्टि पोखिएको छ । मध्यरातमा आग’जनी गरिएको भए पनि प्रहरीले भने शुक्रबार (आज) बिहान ६ बजे खबर पाएको थियो । अहिले घटनाबारे आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
जनबोलीबाट


सम्बन्धित खवर