पाल्पामा पहिरोले दुई जिप पुर्दा एकको मृत्यु, ६ घाइते

पाल्पामा पहिरोले दुई जिप पुर्दा एकको मृत्यु, ६ घाइते

भाद्र २७, २०७६
सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका, दोभान हेडबक्स नजिकै माथिबाट खसेको पहिरोले शुक्रबार बिहान दुई वटा सवारी साधन पुर्दा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । जिपका चालक कमल परियारको पहिरोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
दोभान प्रहरी चौकीका अनुसार दुई सवारी साधनबाट ६ जना घाइते भएका छन् । पाल्पाबाट बुटवल हिँडेको लु २ च ५९३८ जिपमा रहेका चालक समेत गरी तीन जना घाइते भएका छन् ।
यस्तै, बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु १ ज २६१७ नम्बरको जिपमा यात्रा गरेका तीन जना घाइते भएका छन् । जिपमा चालक समेत चार जना थिए । माथिल्लो भागबाट खसेको ढुंगा सहितको पहिरोले दुबै सवारी साधनलाई पुरेको स्थानीय विष्णुप्रसाद पाण्डेयले बताए ।
घाइतेहरुलाई उपचारका लािग बुटवलतर्फ लगिएको छ । पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग सवारी सञ्चालनका लागि प्रयास थालिएको दोभान प्रहरी चौकीले जनाएको छ । विस्तृत विवरण भने आउन बाँकी छ ।
कान्तीपुर

सम्बन्धित खवर