हेफरको सहकार्यमा जिविकोपार्जन कार्यक्रम

हेफरको सहकार्यमा जिविकोपार्जन कार्यक्रम

पथरी, हेफर इन्टरनेशनलसँगको सहकार्यमा अभियान नेपालले विहिबार मोरङको पथरीशनिश्चरेमा सञ्चालन गरेको परियोजनाका बारेमा जानकारी गराउँदै अनुगमन् समन्वय समिति समेत गठन गरेको छ ।

कार्यक्रममा, अभियान नेपालका अध्यक्ष प्रेम गिरीले हेफरको सहकार्यमा झापा र मोरङका ५ वटा महिला सहकारीसँग कार्यक्रम सञ्चालन गरिएको जनाउनु भएको छ । उहाँले महिलाहरुको सशक्तिकरण तथा जिविकोपार्जनमा सघाउन तरकारी खेती, लोकल कुखुरा पालनका साथै दुध र मासुको क्षेत्रमा काम गर्दै आएको प्रष्ट्याउनु भएको छ ।

कार्यक्रममा, हेफरका इटहरी क्लष्टर प्रमुख दिपेश पोखरेलले भोकालाई एक छाक भोजन होइन, जिउने जुक्ती सिकाउ भन्ने हेफरको मुलमर्मलाई आत्मसाथ गरेर कार्यक्रमहरु सञ्चालन भएको उल्लेख गर्नुभएको छ ।

नगरका जनप्रतिनिधि सहितको उपस्थितीमा सम्पन्न कार्यक्रमले नगर प्रमुख दिलिपकुमार राईको संयोजकत्वमा परियोजनाको अनुगमन् समन्वय समिति समेत गठन भएको छ ।

अभियान नेपालले मोरङको पथरीशनिश्चरे २ स्थित चौतारी सामाजिक महिला उद्यमी सहकारी, कानेपोखरीको दिगोपन सहकारी, बेलबारीको परिश्रमि सहकारी, सुन्दरहरैंचाको सुरक्षा सहकारी र झापा अर्नुनधाराको हाम्रो स्वावलम्बी सहकारीसँग काम गरिरहेको छ ।


सम्बन्धित खवर