नेकपा युवा संगठनको एकीकरण हुने,शुक्रबार संयुक्त बैठक बस्दै

नेकपा युवा संगठनको एकीकरण हुने,शुक्रबार संयुक्त बैठक बस्दै

सत्तारूढ नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघ, नेपालले पार्टीसँग अनुमति लिएर ३३५ सदस्यीय केन्द्रीय समिति गठन गर्ने भएको छ । तत्कालीन युवा संघ र वाईसीएलका निर्वा्चित सदस्यहरुलाई समेट्न यसअघि पार्टीले दिएको २५१ को सिलिङले नपुगेकाले ३३५ सदस्यीय बनाउन लागिएको हो ।
युवा संघका संयोजक रामप्रसाद सापकोटा र सहसंयोजक रमेश पौडेलबीच समझदारी पछि जारी गरिएको प्रेस विज्ञप्ति अनुसार ३३५ सदस्यीय केन्द्रीय समितिमा तत्कालीन युवा संघका १७६ र वाईसीएलका १५५ जना रहनेछन् । चार सदस्य पछि मनोनित गरिने विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै, केन्द्रीय समितिको एक तिहाइ सचिवालयमा युवा संघबाट ५७ र वाईसीएलबाट ५२ जना रहनेछन् । ९ सदस्यीय केन्द्रीय कार्यालयमा युवा संघका ५ र वाईसीएलका ४ सदस्य रहने सहमति भएको छ ।
सात प्रदेशमध्ये तत्कालीन युवासंघले ४ र वाईसीएलले तीन जिल्लाको नेतृत्व गर्ने तथा ७७ मध्ये ४२ जिल्लाको नेतृत्व युवा संघ र ३५ जिल्लाको नेतृत्व वाईसीएलले पाउने सहमतिसमेत भएको छ ।
युवा संघको एकता प्रक्रियालाई टुंग्याउन भदौ २७ गते साबिक संगठनका पदाधिकारीहरुको संयुक्त बैठक तथा पदभार ग्रहण कार्यक्रम आयोजना गरिएको विज्ञप्तिमा उल्लेख छ । सोही दिन कार्यालय उद्घाटन् समेत हुने जनाइएको छ ।

सम्बन्धित खवर