थुनिएको सभाखोला खुल्यो

थुनिएको सभाखोला खुल्यो

भदौ २६, २०७६
पहिरोले थुनिएको सभाखोला ताल खुलेको छ। बुधबार दिउँसो सभापोखरी गाउँपालिकामा पहिरो खस्दा पहिरोले सभाखोला थुनिएको थियो। दिउँसो वर्षासँगै आएको पहिरोले थुनिएको सभाखोला बेलुका ८ बजेपछि खुलेको संखुवासभाका प्रहरी नायव उपरिक्षक डिएसपी मिम लामाले बताए।
बुधबार दिउँसो ३ बजे तिर झरेको पहिरोले बजारभन्दा तीन किलोमिटर माथि ४ र ६ वडाको बीचमा रहेको फाक्सीबुङमा ताल बनेको थि यो। अहिले खोलाको बहाव सामान्य बन्दै गएको उनले बताए।
यसअघि खोला थुनिएर बनेको ताल फुट्ने डरले बाह्रबिसे बजारवासी त्रसित थिए। खोला पुनः सामान्य स्थितिमा फर्किने अवस्थामा रहेका त्रसित हुने अवस्था नरहेको उनले बताए ।

सम्बन्धित खवर