यू–१९ एसिया कप क्रिकेट खेलेर नेपाली क्रिकेट टिम स्वदेश फिर्ता

यू–१९ एसिया कप क्रिकेट खेलेर नेपाली क्रिकेट टिम स्वदेश फिर्ता

भदौ २५, २०७६
यू–१९ एसिया कप क्रिकेट खेलेर नेपाली क्रिकेट टिम स्वदेश फिर्ता भएको छ ।
त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा ओर्लिएको नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले बंगलादेशसँग पराजित हुनु नै आफूहरुका लागि दुर्भाग्य बनेको बताए । श्रीलंकामा भएको प्रतियोगितामा नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।
नेपाल घरेलु टोली श्रीलंकासँग ५ तथा बंगलदेशसँग ६ विकेटले पराजित भएपछि समूह चरणबाटै बाहिरिएको थियो ।
नेपालले अन्तिम खेलमा भने यूएईमाथि १६० रनको फराकिलो जित निकालेको थियो । नेपाली टोलीको स्वागतका लागि कोही पनि विमानस्थल पुगेका थिएनन् ।

सम्बन्धित खवर