तरुण दल सुनसरी उपसभापति सन्तोष विक दोषी ठहर, कम्तिमा तीन वर्ष कैद हुनसक्ने

तरुण दल सुनसरी उपसभापति सन्तोष विक दोषी ठहर, कम्तिमा तीन वर्ष कैद हुनसक्ने

बुधबार २५, भदौ २०७६
तरुण दलको जिल्ला उपसभापति सन्तोष बिकसहित ४ जनालाई जिल्ला अदालत सुनसरीले दोषी ठहर गरेको छ ।
तीन बर्षअघिदेखि ज्यान मार्ने उद्योग मुद्दा खेपिरहेका उनीसहित चार जनालाई दोषी ठहर गरेको हो । सुनसरी जिल्ला अदालतले नरसिंह राई, प्रदिप राई र अनिल रसाइलीलाईसमेत दोषी ठहर गरेको हो ।
तत्कालिन एमाले धरान उपमहानगर कमिटि सदस्य तथा युवा फाँट इञ्चार्ज दिवस राईलाई विकको समुहले आक्रमण गरी गम्भीर घाइते बनाएको थियो ।
बिकसहित ७ जनामाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएकोमा अदालतले ४ जनालाई दोषी ठहर गरेको हो । कम्तिमा तीन वर्षमाथि कैद हुने सम्भावना छ ।
दोषी ठहर भएपनि सजाय तोकिन भने बाँकी छ । नयाँ मुलुकी देवानी तथा फौजदारी संहिताअनुसार कसुर ठहर भएपछि न्यायाधिशले सजाय तोक्नेछन् ।
दिवस राईमाथि २०७३ माघ १६ गते राती धरान १८ स्थित शिवमार्गमा सांघातिक आक्रमण भएको थियो ।

सम्बन्धित खवर