जनताको बितृष्णा ब्यवस्थाप्रति हैन सरकार प्रति हो’ ः विराटनगरमा गच्छदार

जनताको बितृष्णा ब्यवस्थाप्रति हैन सरकार प्रति हो’ ः विराटनगरमा गच्छदार

२५ भाद्र २०७६, बुधबार
नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले सरकारप्रति जनतामा बितृष्णा बढेको बताउनुभएको छ । उहाँले विभिन्न समयमा देशभरि देखिएको असन्तृष्टि मुलुकको राज्य ब्यवस्थाप्रति नभई सरकारप्रति भएको दाबी गर्नुभयो ।
सुनसरीको इनरुवामा आयोजित काँग्रेसको दोश्रो चरणको जनजागरण अभियानमा सहभागि हुन विराटनगर आउनुभएका गच्छदारले विमानस्थलमा संचारकर्मीसंग कुराकानी गर्नुहुंदै वर्तमान सरकारले जनअपेक्षा र संबिधानअनुसार काम गर्न नसकेका कारण जनतामा नैराश्यता छाएको दाबी गर्नुभयो ।
उपसभापति गच्छदारले आफ्नो कमि कमजोरी लुकाउन राज्य ब्यवस्थाप्रति षडयन्त्र भइरहेको भनेर सरकारले नै प्रचार–प्रसार गरेको आरोपसमेत लगाउनुभयो ।
उपसभापति गच्छदारले मुलुकमा प्रजातन्त्र, लोकतन्त्र र संघीयता स्थापित भइसकेकाले राज्य ब्यवस्था परिवर्तन हुने कुरा कल्पनासमेत गर्न नसकिने बताउनुभयो ।
उहाँले काँग्रेस र तत्कालिन फोरम लोकतान्त्रीकबीच भएको सहमतिअनुसार जिल्ला, प्रदेश र केन्द्रमा नेता तथा कार्यकर्तालाई सहभागी गराउने छलफल चलिरहेको र त्यो विषय चाँडै टुंगिने दाबीसमेत गर्नुभयो ।

सम्बन्धित खवर