हात्ती पिडीतलाई नगरको राहत

हात्ती पिडीतलाई नगरको राहत

पथरी, मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्वर १० जिरिखिम्ती र पशुपतिनगर क्षेत्रका हात्ती पिडीत ८ परिवारलाई नगरपालिका कार्यालयले आज राहत प्रदान गरेको छ ।
जंगली हात्तीले गाउँ पसेर घर घरमा क्षति पुर्याएपछि क्षतिको विवरण हेरेर २ हजार ५ सयदेखि १५ हजार रुपैयाँसम्म प्रति घरलाई चेक प्रदान गरिएको हो ।

प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमला, उपसचिव शालिकराम काफ्ले, कार्यपालिका सदस्य मैनादेवी फुयाँल आचार्य सहितले नगरपालिका कार्यालयमा राहतको चेक हस्तान्तरण गर्नुभयो ।

राहत प्राप्त गर्नेहरुमा, खडानन्द खतिवडा, हिरण्य मगर, गणेशबहादुर घिमिरे, पुष्पबहादुर दर्जी, चन्द्रमाया दर्लामी, धनमाया राई, देवीबहादुर खड्का र इन्द्रबहादुर कार्की रहनु भएको छ ।

सम्बन्धित खवर