उर्लाबारीको होटल सम्राटबाट १० जुवाडे पक्राउ

उर्लाबारीको होटल सम्राटबाट १० जुवाडे पक्राउ

उर्लाबारी, मोरङको उर्लाबारी जुवाको अखडा बनिरहेको गुनासो आइरहेको बेला उर्लाबारी प्रहरीले १० जना जुवाडेलाई पक्राउ गरेको छ ।

उर्लाबारी–५ स्थित होटल सम्राटबाट मंगलबार विहानको राती १२ः३० मा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी निरीक्षक सुभाष राईको नेतृत्व टोलीले जुवाडेहरुलाई पक्राउ गर्न सफल भएको हो । पक्राउ पर्नेमा पथरीशनिश्चरे नगरपालिका वडा नं. ६ मन २१ बर्षीय आकाश थापा, सोही नगरपालिका वडा नं. १ का ३८ बर्षीय राजु भनिएका सञ्जिब गिरी र सोही ठाउँका ३५ बर्षीय नरेन्द्र लिम्बू रहेका छन् । त्यस्तै, पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका वडा नं. ५ का ३३ बर्षीय विकास राई, सोही वडाका ३२ बर्षीय सन्तोष भनिएका विशाल राई, सोही वडाका ४२ बर्षीय कृष्ण अधिकारी, उर्लाबारी नगरपालिका वडा नं. ३ का ४० बर्षीय दिनेश थापा, सोही ठाउँका ३५ बर्षीय जाइतो चेम्जोङ, उर्लाबारी नगरपालिका वडा नं. ७ का २२ बर्षीय मोहन कटुवाल र ४१ बर्षीया अशोक राई रहेको प्रहरीले जनाइएको छ । पक्राउ परेका कटुवाल होटलका कर्मचारी हुन् । मध्यरातको समयमा होटलमा होहल्ला र झगडा भइरहेको सूचना पाएपछि पुगेको प्रहरी टोलीले नगद ३ लाख ३७ हजार १ सय ५५ रुपैयाँ नगदसहित पाँच बुङ्ग तास फेला पारेको थियो । पक्राउ परेका १० जनालाई नै जुवा ऐनअन्तरगत मुद्दामा म्याद थप गरी कानूनी प्रक्रिया अघि बढाएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक सुभाष राईले जानकारी दिए । प्रहरी निरीक्षक राईलाई केही प्रतिष्ठित ओदाहाका मान्छेले समेत उनीहरुलाई छुटाउन दबाब दिएको प्रहरी स्रोतले जनायो । तर, प्रहरी निरीक्षक राईले पक्राउ परेका सबैलाई कानून बमोजिन कार्वाही हुने बताएको बुझिएको छ ।

उर्लाबारीमा पछिल्लो समय जुवाडेहरुको चलखेल बढिरहेको भन्दै स्थानीयबासीले चिन्ता प्रकट गरेका छन् । उर्लाबारीमा आफूलाई सामाजिक अगुवा भनेर चिनाउने ब्यक्तिहरुले सेटिङ मिलाएर जुवाको खाल सञ्चालन गर्दै आएको एक ब्यक्तिले नाम नबताउने सर्तमा भने । चाडपर्वसँगै जुवाडेहरुको उर्लाबारी अखडा बन्नु चिन्ताको बिषय बनेको छ । त्यस्तै, उर्लाबारीका केही होटलले महिलाहरु राखेरै यौन धन्दा सञ्चालन गरिरहेको भएपनि प्रहरीले त्यसतर्फ ध्यान दिएको छैन । उर्लाबारीमा जुवा र यौनको अखडा बनेको भन्दै प्रहरीले त्यस्तो कार्यमा संलग्न जोकोहीलाई कार्वाही गर्नु पर्नेमा सरोकारवालाहरु बताउँछन् ।

सम्बन्धित खवर