साइबर क्राइम नियन्त्रणको कामलाई उच्च प्राथमिकता राखेका छौ ः प्रहरी महानिरीक्षक खनाल

साइबर क्राइम नियन्त्रणको कामलाई उच्च प्राथमिकता राखेका छौ ः प्रहरी महानिरीक्षक खनाल

भदौ २४, २०७६
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले साइबर क्राइम नियन्त्रणको कामलाई पनि नेपाल प्रहरीले उच्च प्राथमिकताका साथ अघि बढाएको बताएका छन्। नेपाललाई विदेशी अपराधिहरुको क्रिडास्थल बन्न नदिन नेपाल प्रहरी सक्षम रहेको दाबी गरेका छन्।
महानिरीक्षक खनालले नेपालमा आएर उन्मुक्ति पाउँछु भन्ने सोच विदेशी अपराधिहरुले नराख्दा हुने चेतावनी पनि दिए। उनले विदेशी अपराधिहरुले कानुन दायरामा आउन मात्रै नेपाल आए हुने उनको भनाइ थियो।
उन्मुक्ति पाउने आशयका साथ विदेशी अपराधिहरु नेपाल आए उनीहरुलाई कुनै पनि हालतका कार्वाहीको दायरामा ल्याउने प्रहरी महानिरीक्षक खनालको भनाई छ।
मंगलबार नेपाल पुलिस क्लव परिसरमा एक भवनको शिलान्यास गर्दै उनले नेपाल प्रहरीले विदेशी अपराधीहरु नियन्त्रणका लागि उर्जाका साथ काम गरिरहेको दाबी गरे। प्रहरी महानिरीक्षक खनालले अपराध गरेपछि नेपालमा उन्मुक्ति पाइन्छ भन्ने गलत सोच नराख्न पनि आग्रह गरे।

सम्बन्धित खवर