मिडिया काउन्सिल विधेयक नसच्याए संसद चल्न दिँदैनौं स् सभापति देउवा

मिडिया काउन्सिल विधेयक नसच्याए संसद चल्न दिँदैनौं स् सभापति देउवा

नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मिडिया काउन्सिल विधेयक संशोधनका क्रममा भएका कतिपय व्यवस्था नसच्याए संसद चल्न नदिने बताए।
विराटनगर विमानस्थलमा मंगलबार संचारकर्मीसँग कुरा गर्दै सभापति देउवाले ओली सरकारले न्यायलयलाई हस्तक्षेप गरेको, प्रेसलाई हस्तक्षेप गर्न खोजेको, प्रशासनलाई हस्तक्षेप गर्ने काम गरेको बताए।
देउवाले वर्तमान कानुनमा रहेको दण्डको व्यवस्था नै ठिक रहेको बताए। उनले ओली सरकार आएदेखि नेपालको सम्पूर्ण कुरा बिगारिरहेको बताए
देउवाले एनसेलको करका विषयमा सर्वोच्च अदालतले गरेको फैसला आफूले अध्ययन नगरेको बताउँदै न्यायाधीशलाई महाअभियोग लगाउने भन्दा पुनरावलोकनको मुद्दा दिए हुने बताए।
अर्को प्रसंगमा देउवाले संवैधानिक बाध्यता रहेको कारण कांग्रेसको राष्ट्रिय अधिवेशन अगाडि नै अन्तरिम खालका प्रदेशको समिति बन्ने पनि बताए।

सम्बन्धित खवर