नेपाल भ्रमण सकेर स्वदेश फर्किए चिनियाँ विदेशमन्त्री वाङ यी

नेपाल भ्रमण सकेर स्वदेश फर्किए चिनियाँ विदेशमन्त्री वाङ यी

भदौ २४, २०७६
नेपाल भ्रमण सकेर चीनको राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यी स्वदेश फर्किएका छटन्। विदेशमन्त्री यी तीन दिने औपचारिक भ्रमण पूरा गरी मंगलबार अपराह्न विशेष विमानबाट स्वदेश प्रस्थान गरेका हुन्।
विदेशमन्त्री यीलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादव, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्र सचिव शंकरदास वैरागी, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीलगायतले विदाइ गरेका थिए।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा नेपाल भ्रमणमा आएका विदेशमन्त्री वाङ यीले नेपाल बसाइका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट गरेका थिए।
उनले नेपाल कम्युनिस्ट पार्टी का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पनि बेग्लाबेग्लै भेटेर समसामयिक राजनीतिक परिस्थिति र नेपाल(चीन सम्बन्धबारे छलफल गरेका थिए।
सोमबार दुवै देशका परराष्ट्रमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता भएको थियो। वार्तामा पारस्परिक सहयोग अभिवृद्धिसम्बन्धी तीनवटा समझदारीपत्रमा हस्ताक्षर भएको थियो।

सम्बन्धित खवर