समाजवादी पार्टी नेपालको प्रचार विभाग उपप्रमुखमा विश्वदीप पाण्डे

समाजवादी पार्टी नेपालको प्रचार विभाग उपप्रमुखमा विश्वदीप पाण्डे

भदौ २३, २०७६
समाजवादी पार्टी नेपालको प्रचार विभागको उपप्रमुखमा विश्वदीप पाण्डेलाई चयन गरिएको छ। समाजवादी पार्टी नेपालको केन्द्रीय पदाधिकारीको बैठकले पाण्डेलाई विभागको उपप्रमुखमा चयन गरेको हो। बैठकले पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईका प्रेस सल्लाहकारको जिम्मेवारी समेत पाण्डेलाई दिने निर्णय गरेको छ।
पाण्डे मिडियासँग सम्बन्ध राख्न कुशल मानिन्छन्। यसअघि नयाँशक्ति पार्टीमा पनि विश्वदीप सञ्चार हेर्ने जिम्मेवारीमा थिए।

सम्बन्धित खवर